२०८२ चैत्र ५ गते बिहीबार
मुख्य मेनु
अपडेटहरु
कक्षा १२ को परीक्षा आवेदन फाराम बुझाउने म्याद थप सम्बन्धी सूचना आधारभूत तह (कक्षा ८) को स्तरीकृत पश्नपत्र प्रयोग सम्वन्धमा कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचना विषय दर्ता फाराम भर्ने/भराउने सम्बन्धी म्याद थप गरिएको सूचना विषय दर्ता सम्बन्धी सूचना विषय दर्ता फाराम भर्ने/भराउने सम्बन्धी म्याद थप गरिएको सूचना कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन सम्बन्धी सूचना कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन सम्बन्धी सूचना
/ हाम्राे बारेमा

हाम्राे बारेमा

अध्यावधिक मिति २०८२ कार्तिक १४ गते शुक्रबार

शिक्षा ऐन २०२८ को आठौं संशोधन (मिति २०७३।०३।१५) मा  माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न एक राष्ट्रिय परीक्षा बोर्ड रहने भन्ने व्यवस्था भए बमोजिम राष्ट्रिय परीक्षा बोर्डको गठन भएको हो । बोर्डको कार्यालय काठमाडौं उपत्यकाभित्र रहने र बोर्डले मन्त्रालयको स्वीकृति लिई आवश्यकता अनुसार नेपालको अन्य क्षेत्रमा समेत शाखा कार्यालय खोल्न सक्ने भन्ने व्यवस्था समेत सोही ऐनमा व्यवस्था भए अनुसार साविक उच्च माध्यमिक शिक्षा परिषद् हाल राष्ट्रिय परीक्षा वोर्डमा परिणत भई यसको केन्द्रीय कार्यालय सानोठिमी भक्त्तपुरमा रहेको छ ।उच्च माध्यमिक शिक्षा परिषद्का ११ वटा शाखा कार्यालयहरू राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालयका रुपमा रुपान्तरित गरिएका भएका छन् । देश शासन सङ्घीयतामा गएसंगै बोर्डलाई सोही अनुरुप समायोजन हुनेगरी सबै प्रदेश राजधानीका हेटोडा बाहेकका शाखा कार्यालयलाई प्रदेश परीक्षा व्यवस्थापन कार्यालय भनी नामाकरण गरिएको छ भने कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नयाँ प्रदेश परीक्षा व्यवस्थापन कार्यालय स्थापना गरिएको छ ।काठमाण्डौको शाखा कार्यालयलाई वाग्मती प्रदेशको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयको रुपमा रुपान्तरण गरिएको छ । कोशी प्रदेश अन्र्तगत साविकको मेची  र कोशी अञ्चलका १० वटा जिल्लाहरूलाई सेवा क्षेत्र कायम गरी परीक्षा सम्वन्धी काम गर्न राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेश, विराटनगर सञ्चालनमा रहेको छ । मधेस प्रदेशका २ जिल्ला सिराहा र सप्तरी, कोशी प्रदेशका उदयपुर, खोटाङ र ओखलढुङ्गाको परीक्षा सम्वन्धी काम गर्न सिराहाको लाहानमा शाखा कार्यालय स्थापना गरिएको छ । उक्त्त ५ जिल्लाको TMP वितरण सम्बन्धी कार्य भने कोशी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयबाट नै हुदै आएको छ । सोलुखुम्बू जिल्लाको परीक्षा सम्वन्धी सम्पूर्ण कार्य बाग्मती प्रदेश परीक्षा व्यवस्थापन कार्यालयबाट हुदै आएको छ ।

 

संस्थाको दृष्टिकोण :

अभिलेखलाई चुस्त दुरुस्त बनाई प्रदेशस्तरमा व्यवस्थित, मर्यादित र अनुशाषित रुपमा कक्षा १०+२ को परीक्षाको सञ्चालन, उत्तरपुस्तिका परीक्षण गराउनुका साथै TMP वितरण लगायत ऐन नियम एवम् राष्ट्रिय परीक्षा बोर्डबाट निर्दिष्ट गरेका सेवा सुविधा उपलब्ध गराउने ।

 

लक्ष्य :

·         कार्यालयको सेवा प्रवाहलाई आधुनिक प्रविधिमा आधारित वैज्ञानिक र व्यवस्थित अभिलेख व्यवस्थापनको माध्यमबाट पारदर्शी, सर्वसूलभ र सरलीकृत गर्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्ने ।

·         १०+२ सञ्चालन भएका सामुदायिक, संस्थागत विद्यालय र क्याम्पसहरुको विश्वाशनीय तथ्यपरक अभिलेख तयार गरी नीति तथा कार्याक्रम निर्माणमा राष्ट्रिय परीक्षा वोर्डलाई सहयोग पुर्याउने ।

 

उद्देश्य :

Ø  १०+२ सञ्चालन भएका सामुदायिक, संस्थागत विद्यालय र क्याम्पसहरुको अभिलेख व्यवस्थित रुपमा अध्यावधिक र सुरक्षित गर्ने ।

Ø  निर्दिष्ट समयभित्र परीक्षापूर्वका तयारी,अनलाइन रजिष्ट्रेशन फाराम दर्ता तथा प्रविष्टीपरीक्षा आवेदन फाराम भराउने, Data Entry,सिम्वोल नम्वर कायम गर्ने, प्रवेशपत्र वितरण सम्बन्धी कार्य गर्ने गराउने ।

Ø  राष्ट्रिय परीक्षा बोर्डको वार्षिक कार्यतालिका एवम् निर्देशन बमोजिमका परीक्षा व्यवस्थापन,सञ्चालन,  लगायतका कार्यहरु गर्ने गराउने ।

Ø  प्रयोगात्मक परीक्षा सञ्चालन, प्राप्ताङ्क ट्यावुलेशन, रुजु गर्ने गराउने ।

Ø  TMPS,लब्धाङ्क पत्र वितरणगर्नु ।

Ø  अभिमुखीकरण तालिम तथा गोष्ठी सञ्चालन गर्ने ।

Ø  अन्तर निकाय समन्वय,साझेदारी सम्बन्धी कार्य गर्ने ।

Ø  प्रदेशस्तरमा विभिन्न निकायहरुलाई १०+२ संग सम्बन्धित आवश्यक सूचना तथा तथ्याङ्कहरु उपलब्ध      गराउने ।

Ø  कार्यालयको वार्षिक गतिविधि तयारी र प्रकाशन गर्ने ।

 

कार्यहरु :

राष्ट्रिय परीक्षा बोर्डबाट सम्पादन हुने काममा सरलीकृत गर्न र सेवालाई व्यवस्थित तरिकाले सेवाग्राहीसम्म पुर्याउने प्रयोजनका लागि राष्ट्रिय परीक्षा बोर्डको निर्णय,निर्देशन,व्यवस्थापन र वार्षिक कार्यतालिका बमोजिम परीक्षा बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरूबाट विभिन्न सरोकारवाला निकायहरू समेतको समन्वय र सहकार्यका आधारमा देहाय बमोजिमका कार्यहरू सम्पादन हुने गरेका छन् :

१.        अनलाइन रजिष्ट्रेशन फाराम दर्ता तथा प्रविष्टी 

२.        परीक्षा आवेदन फाराम भराउने, Data Entry,सिम्वोल नम्वर कायम गर्ने प्रवेश पत्र वितरण (मौका परीक्षासमेत)

         TMPS, लब्धाङ्क पत्र वितरण       

४.        परीक्षा केन्द्र निर्धारण (शिक्षा विकास तथा समन्वय इकाइसँगको समन्वयमा जिल्ला परीक्षा समन्वय समितिबाट निर्णय भए वमोजिम) र केन्द्राध्यक्ष नियुक्ति

५.        उत्तर पुस्तिका ढुवानी तथा परीक्षा सामग्री व्यवस्थापन

.      परीक्षा खर्च व्यवस्थापन

७.        परीक्षा सञ्चालन, व्यवस्थापन

८.        परीक्षा अनुगमन

९.        उत्तरपुस्तिका सङ्कलन,इन्ट्री र प्याकेटिङ

१०.     उत्तरपुस्तिका ढुवानी (तोकिएको परीक्षण केन्द्रसम्म)

११.     उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण

१२.     पूरक परीक्षा सञ्चालन

१३.     प्रयोगात्मक परीक्षा सञ्चालन,प्राप्ताङ्क टेवुलेशन, रुजु

१४.     प्राविधिक धार तर्फको व्यवहारिक अभ्यास (OJT) को वाहिय परीक्षकको नियुक्त्ति

१५.     प्राविधिक धार तर्फको व्यवहारिक अभ्यास (OJT) को अनुगमन र मूल्याङ्कन

१६.     अभिलेख अध्यावधिक तथा व्यवस्थापन

१७.     अभिमुखीकरण तालिम तथा गोष्ठी सञ्चालन

१८.    अन्तर निकाय समन्वय,साझेदारी

१९.     विद्यार्थीको अभिलेख सच्याउने लगायतका सिफारिसहरू (नाम,थर, जन्ममिति, विषय, रजिष्ट्रेशन नम्बर, सिम्वोल नम्बर आदि)

थप सूचनाहरु